हिब्रू 4:9-11
हिब्रू 4:9-11 NNRV
यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको विश्राम बाँकी नै छ। किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो। यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्।