YouVersion Logo
Search Icon

१ पत्रुस 5:8-11

१ पत्रुस 5:8-11 NNRV

सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ। सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम र शक्ति सदासर्वदा भइरहोस्‌। आमेन।