जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ। किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।