1
लूका 14:26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन।
Compare
Explore लूका 14:26
2
लूका 14:27
अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
Explore लूका 14:27
3
लूका 14:11
किनकि आफूलाई उच्च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्च पारिनेछ।”
Explore लूका 14:11
4
लूका 14:33
त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
Explore लूका 14:33
5
लूका 14:28-30
“मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र? यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्ला गर्नेछन्; अनि भन्नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्यो, तर पूरा गर्न सकेन।’
Explore लूका 14:28-30
6
लूका 14:13-14
तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”
Explore लूका 14:13-14
7
लूका 14:34-35
“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। “जसको सुन्ने कान छ, त्यसले सुनोस्!”
Explore लूका 14:34-35
Home
Bible
Plans
Videos