1
कलस्सीहरूलाई पावलको पत्र 3:13
पवित्र बाइबल
एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो।
Compare
Explore कलस्सीहरूलाई पावलको पत्र 3:13
2
कलस्सीहरूलाई पावलको पत्र 3:2
स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:2
3
कलस्सीहरूलाई पावलको पत्र 3:23
काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:23
4
कलस्सीहरूलाई पावलको पत्र 3:12
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:12
5
कलस्सीहरूलाई पावलको पत्र 3:16-17
ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:16-17
6
कलस्सीहरूलाई पावलको पत्र 3:14
यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:14
7
कलस्सीहरूलाई पावलको पत्र 3:1
जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:1
8
कलस्सीहरूलाई पावलको पत्र 3:15
ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:15
9
कलस्सीहरूलाई पावलको पत्र 3:5
यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:5
10
कलस्सीहरूलाई पावलको पत्र 3:3
तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:3
11
कलस्सीहरूलाई पावलको पत्र 3:8
तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:8
12
कलस्सीहरूलाई पावलको पत्र 3:9-10
तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:9-10
13
कलस्सीहरूलाई पावलको पत्र 3:19
पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:19
14
कलस्सीहरूलाई पावलको पत्र 3:20
बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:20
15
कलस्सीहरूलाई पावलको पत्र 3:18
पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।
Explore कलस्सीहरूलाई पावलको पत्र 3:18
Home
Bible
Plans
Videos