1
लूका 10:19
सरल नेपाली पवित्र बाइबल
सुन, मैले तिमीहरूलाई सर्प र बिच्छीलाई कुल्चेर हिँड्ने शक्ति अनि शत्रुको सबै शक्तिलाई जित्ने अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई नोक्सान गर्नेछैन।
Compare
Explore लूका 10:19
2
लूका 10:41-42
प्रभु येशूले तिनलाई भन्नुभयो, “ए मार्था, तिमी धेरै कुराको चिन्ता र फिक्री गर्छ्यौ। तर चाहिने कुरो एउटै छ, त्यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।”
Explore लूका 10:41-42
3
लूका 10:27
उनले भने, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।”
Explore लूका 10:27
4
लूका 10:2
“उठाउनुपर्ने फसल त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। फसलका मालिकसँग फसल उठाउने खेतालाहरू पठाइदिनुहोस् भनी बिन्ती गर।
Explore लूका 10:2
5
लूका 10:36-37
यो दृष्टान्तको कथा भन्नुभएपछि येशूले धर्म-गुरुलाई सोध्नुभयो, “यी तीन जनामध्ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्तै व्यवहार गर्यो होला?” तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्नुभयो, “जाऊ, तिमी पनि त्यस्तै गर।”
Explore लूका 10:36-37
6
लूका 10:3
अब तिमीहरू जाओ। हेर, भेडाहरूलाई ब्वाँसाहरूको बीचमा पठाएजस्तै गरी म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु।
Explore लूका 10:3
Home
Bible
Plans
Videos