1
यशैया 35:10
सरल नेपाली पवित्र बाइबल
तिनीहरू आनन्दसाथ यरूशलेम पुग्नेछन्, गीत गाउँदै, आनन्दले चिच्च्याउँदै, त्यहाँ पुग्नेछन्, सदासर्वदा तिनीहरू आनन्दित हुनेछन्, सदाकालको निम्ति शोक र सन्तापबाट मुक्त हुनेछन्।
Compare
Explore यशैया 35:10
2
यशैया 35:3-4
थाकेका हातहरू बलिया बनाओ। थरथरी काम्ने कमजोर घुँडाहरू दह्रिला बनाओ। हतास भएकाहरूलाई यसो भन, “बलियो होओ र नडराओ! परमेश्वर तिम्रो उद्धार गर्न आउँदै हुनुहुन्छ, तिम्रा शत्रुहरूलाई दण्ड दिन आउँदै हुनुहुन्छ।”
Explore यशैया 35:3-4
3
यशैया 35:8
त्यहाँ एउटा राजमार्ग हुनेछ, त्यसको नाम ‘पवित्र राजमार्ग’ राखिनेछ। कुनै पापी त्यहाँबाट कहिल्यै हिँड्न पाउनेछैन, त्यहाँबाट जानेलाई कुनै मूर्खले भुलाउन सक्नेछैन।
Explore यशैया 35:8
4
यशैया 35:5
अन्धाका आँखा खोलिनेछन्, बहिराका कान खोलिनेछन्।
Explore यशैया 35:5
5
यशैया 35:6
लङ्गडाहरू मृगझैँ उफ्रनेछन् र नाच्नेछन्। गुँगाहरू आनन्दले चिच्च्याउनेछन्। मरुभूमिका बीचबाट खोलाहरू बग्नेछन्।
Explore यशैया 35:6
Home
Bible
Plans
Videos