म अहिले तिमीहरूलाई जीवन र मृत्यु, परमेश्वरका आशिष् अनि सरापमा एउटा चुन्ने मौका दिँदछु अनि तिमीहरू के चुन्छौ, त्यो हेर्नलाई स्वर्ग र पृथ्वीलाई साक्षी राख्दछु। जीवन नै रोज। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, उहाँका आज्ञा मान र उहाँप्रति विश्वासयोग्य रहो। तब उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमी र तिम्रा सन्तान धेरै दिन बास गर्नेछौ।”