1
हितोपदेश 13:20
नेपाली नयाँ संशोधित संस्करण
बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ।
Compare
Explore हितोपदेश 13:20
2
हितोपदेश 13:3
आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।
Explore हितोपदेश 13:3
3
हितोपदेश 13:24
छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ।
Explore हितोपदेश 13:24
4
हितोपदेश 13:12
आशा विलम्ब हुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रूख हो।
Explore हितोपदेश 13:12
5
हितोपदेश 13:6
ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ।
Explore हितोपदेश 13:6
6
हितोपदेश 13:11
बेईमानीसँग कमाइएको धन घट्दैजान्छ, तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दैजान्छ।
Explore हितोपदेश 13:11
7
हितोपदेश 13:10
घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ।
Explore हितोपदेश 13:10
8
हितोपदेश 13:22
असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ।
Explore हितोपदेश 13:22
9
हितोपदेश 13:1
बुद्धिमान् छोराले आफ्ना बुबाको अर्तीमा ध्यान दिन्छ, तर खिल्ली उड़ाउनेले हप्की सुन्दैन।
Explore हितोपदेश 13:1
10
हितोपदेश 13:18
अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।
Explore हितोपदेश 13:18
Home
Bible
Plans
Videos