1
लूका 6:38
नेपाली नयाँ संशोधित संस्करण
देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”
Compare
Explore लूका 6:38
2
लूका 6:45
असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ।
Explore लूका 6:45
3
लूका 6:35
तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
Explore लूका 6:35
4
लूका 6:36
तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।
Explore लूका 6:36
5
लूका 6:37
“अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।
Explore लूका 6:37
6
लूका 6:27-28
“तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
Explore लूका 6:27-28
7
लूका 6:31
जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।
Explore लूका 6:31
8
लूका 6:29-30
तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ। तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग।
Explore लूका 6:29-30
9
लूका 6:43
“कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ।
Explore लूका 6:43
10
लूका 6:44
हरेक रूख त्यसको फलैबाट चिनिन्छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ।
Explore लूका 6:44
Home
Bible
Plans
Videos