1
लेवीहरू 26:12
नेपाली नयाँ संशोधित संस्करण
म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।
Compare
Explore लेवीहरू 26:12
2
लेवीहरू 26:4
म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्।
Explore लेवीहरू 26:4
3
लेवीहरू 26:3
“‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने
Explore लेवीहरू 26:3
4
लेवीहरू 26:6
“‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन।
Explore लेवीहरू 26:6
5
लेवीहरू 26:9
“‘म तिमीहरूमाथि निगाह राख्नेछु, र तिमीहरूलाई फल्दो-फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु।
Explore लेवीहरू 26:9
6
लेवीहरू 26:13
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्ने तुल्याएको छु।
Explore लेवीहरू 26:13
7
लेवीहरू 26:11
तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु।
Explore लेवीहरू 26:11
8
लेवीहरू 26:1
“‘तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ। अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड़्याएर ती पुज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
Explore लेवीहरू 26:1
9
लेवीहरू 26:10
तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ।
Explore लेवीहरू 26:10
10
लेवीहरू 26:8
तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्।
Explore लेवीहरू 26:8
11
लेवीहरू 26:5
दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्क हुनेछौ।
Explore लेवीहरू 26:5
12
लेवीहरू 26:7
तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ।
Explore लेवीहरू 26:7
13
लेवीहरू 26:2
“‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्थानको आदर गर। म परमप्रभु हुँ।
Explore लेवीहरू 26:2
Home
Bible
Plans
Videos