म उत्तर दिशालाई भन्नेछु, ‘तिनीहरूलाई दिइहाल्।’ र दक्षिण दिशालाई भन्नेछु, ‘तिनीहरूलाई नथुन्।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”