1
यशैया 40:29
नेपाली नयाँ संशोधित संस्करण
उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
Compare
Explore यशैया 40:29
2
यशैया 40:30-31
युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
Explore यशैया 40:30-31
3
यशैया 40:28
के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन?
Explore यशैया 40:28
4
यशैया 40:3
कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर। उजाड़-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ।
Explore यशैया 40:3
5
यशैया 40:8
घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”
Explore यशैया 40:8
6
यशैया 40:5
अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”
Explore यशैया 40:5
7
यशैया 40:4
हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्याइनेछ। बाङ्गो-टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ।
Explore यशैया 40:4
8
यशैया 40:11
उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ। उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ। उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोर्याउनुहुन्छ।
Explore यशैया 40:11
9
यशैया 40:26
तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्? उहाँले नै होइन र, जसले पुञ्जलाई एक-एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढ़ी बोलाउनुहुन्छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमध्ये एउटै पनि हराउँदैन।
Explore यशैया 40:26
10
यशैया 40:22
उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, र पृथ्वीका मानिसहरूचाहिँ फटेङ्ग्राजस्तै छन्। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैँ त्यो फैलाउनुहुन्छ।
Explore यशैया 40:22
11
यशैया 40:2
विनम्र भएर यरूशलेमलाई भन। त्यसका दासत्वको सेवा पूरा भएको छ, त्यसका पापहरू क्षमा गरिएको छ अनि त्यसले परमप्रभुको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ भनी त्यसलाई घोषणा गर।
Explore यशैया 40:2
12
यशैया 40:6-7
एउटा आवाजले भन्छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
Explore यशैया 40:6-7
13
यशैया 40:10
हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ।
Explore यशैया 40:10
14
यशैया 40:1
तिमीहरूका परमेश्वर भन्नुहुन्छ, मेरो प्रजालाई सान्त्वना, सान्त्वना।
Explore यशैया 40:1
15
यशैया 40:12-14
कसले पानीलाई आफ्नो अँजुलीमा अथवा आफ्नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ? कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ? बुद्धिको प्रकाशको निम्ति परमप्रभुले कससित सल्लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?
Explore यशैया 40:12-14
Home
Bible
Plans
Videos