अब सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू आ-आफ्ना चालको होशियारीसाथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।”