1
उत्पत्ति 32:28
नेपाली नयाँ संशोधित संस्करण
त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।”
Compare
Explore उत्पत्ति 32:28
2
उत्पत्ति 32:26
तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।”
Explore उत्पत्ति 32:26
3
उत्पत्ति 32:24
यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े।
Explore उत्पत्ति 32:24
4
उत्पत्ति 32:30
यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने।
Explore उत्पत्ति 32:30
5
उत्पत्ति 32:25
यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो।
Explore उत्पत्ति 32:25
6
उत्पत्ति 32:27
उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।”
Explore उत्पत्ति 32:27
7
उत्पत्ति 32:29
तब याकूबले उनलाई सोधे, “बिन्ती छ, मलाई भन्नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए।
Explore उत्पत्ति 32:29
8
उत्पत्ति 32:10
तपाईंले आफ्नो दासलाई जत्ति करुणा र विश्वासयोग्यता देखाउनुभएको छ त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्।
Explore उत्पत्ति 32:10
9
उत्पत्ति 32:32
तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्राएलीहरू कम्मरको नसो खाँदैनन्।
Explore उत्पत्ति 32:32
10
उत्पत्ति 32:9
तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्वर, र मेरो बुबा इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो।
Explore उत्पत्ति 32:9
11
उत्पत्ति 32:11
म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्।
Explore उत्पत्ति 32:11
Home
Bible
Plans
Videos