1
इजकिएल 2:2-3
नेपाली नयाँ संशोधित संस्करण
जब उहाँ मसित बोल्नुभयो, तब उहाँका आत्मा मकहाँ आएर मलाई उभ्याउनुभयो। अनि उहाँले मसित कुरा गर्नुभएको मैले सुनें। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, म तँलाई इस्राएली जातिकहाँ पठाउँदैछु, एउटा बागी जातिकहाँ, जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरू पनि आजको दिनसम्मै मेरो विरुद्धमा बागी भएका छन्।
Compare
Explore इजकिएल 2:2-3
2
इजकिएल 2:7-8
तैंले तिनीहरूसित मेरो वचन बोल्, चाहे तिनीहरूले सुनून् चाहे नसुनून् किनभने तिनीहरू बागी हुन्। तर तैंलेचाहिँ, हे मानिसको छोरो, म तँलाई जे भन्छु, त्यो कुरा ध्यानसित सुन्। त्यो बागी घरानाझैँ तँ बागी नहो। तेरो मुख खोल्, र म जे दिन्छु, त्यो खा।”
Explore इजकिएल 2:7-8
3
इजकिएल 2:5
अनि तिनीहरूले सुनून् अथवा सुन्नलाई अस्वीकार गरून्— किनकि तिनीहरू बागी घरानाका हुन्— तिनीहरूले आफ्ना बीचमा एक जना अगमवक्ता त रहेछन् भन्ने कुरा जान्नेछन्।
Explore इजकिएल 2:5
Home
Bible
Plans
Videos