1
व्यवस्था 5:16
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्यहाँ तिमीहरूको भलो होस्।
Compare
Explore व्यवस्था 5:16
2
व्यवस्था 5:33
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।
Explore व्यवस्था 5:33
3
व्यवस्था 5:9-10
तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
Explore व्यवस्था 5:9-10
4
व्यवस्था 5:8
“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
Explore व्यवस्था 5:8
5
व्यवस्था 5:7
“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू।
Explore व्यवस्था 5:7
6
व्यवस्था 5:11
“परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
Explore व्यवस्था 5:11
7
व्यवस्था 5:29
मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्।
Explore व्यवस्था 5:29
8
व्यवस्था 5:12
“परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू।
Explore व्यवस्था 5:12
9
व्यवस्था 5:21
“आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।”
Explore व्यवस्था 5:21
10
व्यवस्था 5:18
“व्यभिचार नगर्नू।
Explore व्यवस्था 5:18
11
व्यवस्था 5:20
“आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
Explore व्यवस्था 5:20
12
व्यवस्था 5:17
“हत्या नगर्नू।
Explore व्यवस्था 5:17
13
व्यवस्था 5:19
“चोरी नगर्नू।
Explore व्यवस्था 5:19
14
व्यवस्था 5:15
तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्वरले शबाथ मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।
Explore व्यवस्था 5:15
15
व्यवस्था 5:13-14
छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ हो। त्यसमा तिमीहरूले केही काम नगर्नू— आफ्ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्।
Explore व्यवस्था 5:13-14
16
व्यवस्था 5:6
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
Explore व्यवस्था 5:6
Home
Bible
Plans
Videos