1
व्यवस्था 1:30-31
नेपाली नयाँ संशोधित संस्करण
तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका निम्ति लड्नुहुनेछ। उजाड़-स्थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू यहाँ आई नपुगुञ्जेलसम्म कसरी तिमीहरूलाई बोकेर ल्याउनुभएको थियो, सो तिमीहरूले त्यहाँ देखेका थियौ।”
Compare
Explore व्यवस्था 1:30-31
2
व्यवस्था 1:11
परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून् र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष् देऊन्!
Explore व्यवस्था 1:11
3
व्यवस्था 1:6
होरेबमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यसो भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्यो।
Explore व्यवस्था 1:6
4
व्यवस्था 1:8
हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्यहाँ प्रवेश गरेर त्यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्तानलाई ‘म दिन्छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।”
Explore व्यवस्था 1:8
5
व्यवस्था 1:17
न्याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्छेसँग नडराओ, किनकि न्यायको फैसला त परमेश्वरको हातमा हुन्छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्याओ, र म त्यो सुन्नेछु।”
Explore व्यवस्था 1:17
Home
Bible
Plans
Videos