हामी यो पनि जान्दछौं कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति, व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो।