1
१ कोरिन्थी 13:4-5
नेपाली नयाँ संशोधित संस्करण
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
Compare
Explore १ कोरिन्थी 13:4-5
2
१ कोरिन्थी 13:7
प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
Explore १ कोरिन्थी 13:7
3
१ कोरिन्थी 13:6
प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
Explore १ कोरिन्थी 13:6
4
१ कोरिन्थी 13:13
अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
Explore १ कोरिन्थी 13:13
5
१ कोरिन्थी 13:8
प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
Explore १ कोरिन्थी 13:8
6
१ कोरिन्थी 13:1
मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
Explore १ कोरिन्थी 13:1
7
१ कोरिन्थी 13:2
मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
Explore १ कोरिन्थी 13:2
8
१ कोरिन्थी 13:3
यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
Explore १ कोरिन्थी 13:3
9
१ कोरिन्थी 13:11
जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
Explore १ कोरिन्थी 13:11
Home
Bible
Plans
Videos