जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढ़ी प्रेम गर्दछौ?”
तिनले उहाँलाई भने, “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।”
उहाँले तिनलाई भन्नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ।”
उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?”
तिनले उहाँलाई भने, “ज्यू, प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।”
उहाँले तिनलाई भन्नुभयो, “मेरा भेड़ाहरूको हेरचाह गर।”
उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?”
पत्रुस दुःखित भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भन्नुभयो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सब कुरा जान्नुहुन्छ। म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहा छ।”
येशूले तिनलाई भन्नुभयो, “मेरा भेड़ाहरूलाई खुवाऊ।