1
उत्पत्ति 4:7
सरल नेपाली पवित्र बाइबल
तैँले ठीक काम गरेको भए, तँ हाँस्न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्यसले तँलाई अधीन गर्न खोज्छ तर तैँले त्यसलाई अधीन गर्नुपर्छ।”
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
उत्पत्ति 4:26
शेतको एउटा छोरो भयो, त्यसको नाम एनोश राखे। त्यस समयदेखि मानिसहरूले परमप्रभुलाई पुज्दा उहाँको पवित्र नाउँ पुकार्न थाले।
3
उत्पत्ति 4:9
परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?”
4
उत्पत्ति 4:10
तब परमप्रभुले भन्नुभयो, “तैँले किन यो घिनलाग्दो काम गरिस्? बदला लिन उचालेको सोरजस्तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ।
5
उत्पत्ति 4:15
तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्यो भने त्यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्ह लाइदिनुभयो।
ቤት
መጽሐፍ ቅዱስ
እቅዶች
ቪዲዮዎች